काठमाडौं । नेकपा एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
एमसीसी सम्झौतालाई आजै प्रतिनिधि सभाबाट अनुमोदन गराउने तयारी छ। आज बस्ने पहिलो बैठकमा सैद्धान्तिक छलफल गर्ने र दोस्रो बैठकमा निर्णयार्थ पेस गर्ने तयारी गरिएको छ । एमसीसीका विषयमा विभाजित सत्ता गठबन्धननमा व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने समझदारी जुटेको हो ।
प्रतिक्रिया