याक एण्ड यति होटलको इजाजत रद्द

काठमाडौं । सरकारलाई ४२ करोड रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द भएको छ । पटक-पटक ताकेता गर्दा पनि रोयल्टी नबुझाएको भन्दै बुधबार मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटल दरबारमार्गको ५ तारे स्तर वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्द गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले जनाएको छ ।

इजाजत रद्द भएसँगै उक्त होटलको बैंक खातासमेत रोक्का भएको छ । पर्यटन मन्त्रालयले त्यस होटलको नाममा २०४८ पुस २२ मा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो । सरकारलाई तिर्नुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुरलगायतको रकम होटलले दाखिला नगरेका कारण क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेको पर्यटनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।

प्रतिक्रिया