आज २ हजार ४०१ जनामा संक्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देआज शभर २ हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सो अवधिमा ११ हजार ६०३ जनाको पीसीआर र ४ हजार ७५३ जनाको एन्टीजेन गरी कुल १६ हजार ३५६ जनाको कोरोना परिक्षण गरिएको थियो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३० हजार २४१ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशमा कुल ११ लाख ६ हजार ६१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ११ हजार ८५२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया