ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

भोजपुर । जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई पक्राउ गरेको हो ।

सदरमुकाम नजिकैको दुम्सिकास्थित को १ ख ६२३२ र ना ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए ।

उनीहरूका साथबाट करिब दुई ग्राम एक मिलीग्राम ब्राउन सुगर र रु ८३ हजार ६०० नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र स्खुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगर रहेका छन् । नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान जाँदै गरेका थिए ।

प्रतिक्रिया