श्री एयरलाइन्सको नयाँ जहाज आउदै

काठमाडौं। निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सको तेस्रो टर्बोप्रोप जहाज शुक्रबार काठमाडौं आइपुग्ने भएको छ । बम्बार्डियर कम्पनीको टर्बोप्रोप जहाज संख्या बृद्धिपछि कम्पनीले आन्तरिक सँगै अन्तर्राष्ट्रिय उडानलाई प्राथमिकता दिने योजना रहेको कम्पनीले जनाएको हो ।

कम्पनीले आफ्नो व्यावसायिक योजना अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि ठूला जहाज विस्तार गरेको जनाएको छ । जहाज संख्या विस्तारसँगै कम्पनीले देशभर संचालित सुगम गन्तब्य विस्तार उडान संख्या विस्तार गर्ने योजना रहेको पनि जिकिर गरेको छ । तत्काल ३ वटा टर्बोप्रोप ल्याउने व्यावसायिक योजना बनाएको कम्पनीको शुक्रबार आउन लागेको टर्बोप्रोप दोस्रो हो । जहाजले अष्ट्रिया–नेपाल उडान गर्ने छ ।

प्रतिक्रिया