मेगा क्यापिटलको सहजीकरण सेवा

काठमाडौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, विमा कम्पनी, लघु वित्त, जलविद्युत् तथा उत्पादनमूलक कम्पनीको संस्थापक सेयरहरु खरिद(विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ ।

यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्समा फोन वा इमेल वा क्यापिटलको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सक्नेछन । धेरै लगानीकर्ताले प्रमोटर सेयर साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले शेयर सम्पत्ति बन्धक भएका र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पुरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ता बीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन गर्दै नयाँ सेवाको सुरुवात गरेको जनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया