काठमाडौं । नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा युवा साहित्यकार भीष्मराज फुलारा मनोनित भएका छन् । संघका अध्यक्ष तीर्थ थापाले उनलाई केन्द्रिय सदस्यमा मनोनित गरेका हुन् । युवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको ‘कस्तो भाइरस आयो’, ‘जुनसरी बिलाई गयौं’,‘हमेशा यो शहरको डेरामा’, ‘भाग्यभित्र जीवन खोज्दै’ को अडियो तथा भिडियो श्रोता–दर्शक माझ आइसकेका छन्, भने ‘आँसु पिउदै’ को भिडियो र ‘वासुदा’नामक कृति सार्वजनिक हुने क्रममा छ । फुलाराका सार्वजनिक कृतिमध्ये उपन्यास ‘टुहुरो कुण्डली’ र यसको अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ धेरै पाठकले रुचाएको कृति हो ।
प्रतिक्रिया