हराइरहेका भारतीय युवकलाई चिनियाँ सेनाले फेला पार्यो

दिल्ली । अरुणाञ्चल प्रदेशबाट बेपत्ता भएका किशोरलाई चीनको जनमुक्ति सेनाले फेला पारेको भारतीय सेनाले दाबी गरेको छ । यसअघि १७ वर्षीय मिरम तरोनलाई चिनियाँ सेनाले अरुणाञ्चलको सियुंग्लाबाट अपहरण गरेको आरोप लगाइएको थियो । तेजपुरको डिफेन्स पीआरओका लेफ्टिनेन्ट कर्णेल हर्षवर्धन पाण्डेले आइतबार तरोन आफ्नो गाउँबाट बेपत्ता भएको र उनलाई पीएलएले फेला पारेको जानकारी दिए । चीनको सेनाले यसबारे आफूहरुलाई जानकारी दिएको र उनलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरिएको पनि उनले बताए ।

तरोन गत १८ जनवरीमा बेपत्ता भएका थिए । अरुणाञ्चल प्रदेशका सांसद तापिर गाओले चिनियाँ सेनामाथि उनको अपहरणको आरोप लगाएका थिए । उनले ट्वीट गर्दै चिनियाँ सेना भारतीय भूमिमा प्रवेश गरेर उनलाई अपहरण गरेको आरोप लगाएका थिए । तरोन बेपत्ता भएको सूचनापछि भारतीय सेनाले उनलाई खोज्नका लागि चिनियाँ पीएलएसँग सहयोग मागेको थियो । भारतीय सेनाले हटलाइनबाट चिनियाँ सेनासँग सम्पर्क गरेर यसबारे जानकारी दिएको थियो ।

प्रतिक्रिया