भुमिआयोग पाँचथरका अध्यक्ष लावतीले गरे पदवहाली

पाँचथर । नेपाल सरकार राष्ट्रिय भुमिआयोग पाँचथर अध्यक्ष दिनेश लावतीले आइतबार पदवहाली गरेका छन् । लावती माओबादी केन्द्रका नेता हुन् । लावतीले केपी ओली सरकारले गरेको कामकाजलाइ पालिका तहबाट जानकारी लिनुका साथै समिति पुनर्गठन गरि लालपुर्जा वितरण गर्ने जनाए ।

लावतीलाइ प्रदेश एककी सांसद सिता थेबेले खादा र अविर लगाएर पदवहाली गराएकी थिइन् । कार्यक्रममा अन्य सरकारी कार्यालय तथा पार्टी प्रतिनिधिहरु को उपस्थिति रहेको थियो । एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीले पनि लावर्तीलाई खादा लगाएका बधाई दिएका थिए ।

जिसस प्रमुख बिष्णुप्रसाद सापकोटाको अध्यक्षमा सम्पन्न कार्यक्रममा सांसद थेबे, फिदिम नगरपालिकामा प्रमुख ओनाहाङ नेम्वाङ लगायतले बधाई तथा शुभकामना दिए । सांसद थेबेले भुमि समस्या समाधान गर्न सबै सरोकारवालाहरुको चासोको बिषय रहेकोले सवैले सहयोग गर्नु पर्ने बताइन ।

यसअघि पनि उक्त आयोगको कार्यालय ओलीसरकारले नियुक्त गरेका व्याक्तिले उद्घाटन गरेका थिए , भने आज गठबन्धन सरकारले नियुक्त गरेका अध्यक्ष लावतीले पनि कार्यालयको उदघाटन गर्दै पदबहाली गरे ।

प्रतिक्रिया