माधवले ल्याए ‘ल्वाङ सुपारी’

काठमाडौ । गायक माधव भण्डारीको नयाँ गीत ‘ल्वाङ सुपारी’ सार्वजनिक भएको छ । भण्डारीकै लय तथा शब्द सृजना रहको सो गीतमा लोकप्रिय गायिका देवी घर्ती र सर्जक स्वयं भण्डारीको स्वर रहेको छ । भण्डारीकै प्रस्तुतिमा रहेकोे गीतको भिडियोमा सुन्दर खवास, अनु पराजुली र जुना कार्कीको अभिनय छ । शिव बिकको भिडियो निर्देशन रहेको गीतको छायांकन रक कौशल र सम्पादन पदम सुवेदीले गरेका छन् ।

गीतमा गाउँवस्ती र कुना कन्दराका कुनै पनि मेलापर्वमा सहभागी भएको जोकोहीलाई महशुस हुने गायक भण्डारीले बताए । गायक भण्डारीले ‘धौलागिरीमा सके गुन तिरौला नत्र फिरिमा’, ‘ट्याक्सी मोटरकार’, ‘गैरी प¥यो ताल’, ‘सोल्टिनीलाई बैना मारुकी’, ‘पाइन तिम्रो साथ’ लगायतका लोकप्रिय गीत ल्याइसकेका छन् ।

प्रतिक्रिया