विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा

काठमाडाैं । आईसीसी टी-२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। यस पटक केही खेलाडी टोलीमा परेका छैनन् भने केही नयाँ खेलाडी आएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको नेतृत्वमा १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेसँगको समन्वयमा नेपाली टोली छनोट गरिएको जनाएको छ ।

प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिता सकिए लगत्तै राष्ट्रिय टोली छनोट भएको हो । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका लोकेश बम पनि १६ सदस्यीय नेपाली टोलीमा परेका छन् । उनले एपीएफका लागि सेमिफाइनलमा १८ बलमा ६६ रन बनाएका थिए ।

त्यस्तै, प्रदीप ऐरी पनि लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका छन्। त्यस्तै, जितेन्द्र मुखिया, विवेक यादव, शहाब आलम राष्ट्रिय टोलीमा परेका छन् । राष्ट्रिय टोलीका मुख्य बलर सोमपाल कामी, विकेटकिपर एवं ब्याट्सम्यान विनोद भण्डारी, रोहितकुमार पौडेल लगायत खेलाडी परेका छैनन् ।

नेपाली टोली:
सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शहाब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम ।

प्रतिक्रिया