मेलिना राईको ‘फूलहरु मगमग’

काठमाडौं । गायिका मेलिना राईको आवाज रहेको नयाँ गीत ‘फूलहरु मगमग’ को भिडियो सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा मोडल सिर्जना निङ्लेखुको अभिनय छ । भिडियोमा उनले आफूलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन गरेको देखाइएको छ । कञ्चन थलङ लिम्बूको शब्द तथा संगीत रहेको गीतको भिडियो कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन छ ।

प्रतिक्रिया