लुम्बिनी विकास बैंकको २ शाखा थप

काठमाडौ । लुम्बिनी विकास बैंक लिमिटेडले २ वटा शाखा थप गरेको छ । देशका बिभिन्न ठाउँमा रहेका ग्राहकलाई बैंकिग सेवा पुर्याउने उदेश्यले सोमबार देखी थप दुई शाखा शुभारम्भ गरेको हो । नयाँ शुभारम्भ भएका शाखाहरुमा ७८ औँ शाखाको रुपमा दाग जिल्ला, तुल्सीपुर उप–महानगरपालिका वडा नं. ०५ ख लाइन स्थित तुल्सीपुर शाखा र ७९ औँ शाखाको रुपमा रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ४ ट्राफिक चोक स्थित ट्राफिक चोक शाखा रहेका छन् ।

दुईवटा नयाँ शाखाहरुको बिस्तार संगै हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखा मार्फत २०७८ पौष मसान्त सम्ममा बैंकले ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । बैकले निरन्तर सहयात्रा भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ८० हजार ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधि सहितको सुरक्षित बैंकिग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा साप्ताहिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया