खोजखबर

एमाले उपाध्यक्ष विष्णु पौडेल पनि कोरोना संक्रमित

सौर्य अनलाइन २०७८ माघ १ गते १४:१२ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल कोरोना भाइरसबाट संक्रमित भएका छन् । आज (शनिबार) पौडेलले आफूलाई कोरोना भाइरस संक्रमण भएको बताएका हुन् । फेसबुकमार्फत उपाध्यक्ष पौडेलले कोरोना पोजेटिभ भएको जानकारी गराएका छन् । पछिल्लो समय तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसद्वारा थुप्रै नेता, मन्त्रीदेखि सर्वसाधारण व्यक्तिहरु पनि संक्रमित भइरहेका छन् । हिजो शुक्रबार एमालेकै महासचिव शंकर पोखरेलले पनि कोरोना संक्रमण भएको बताएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय