‘विश्वासको घर’ सार्वजनिक

काठमाडौं । गायिका सुष्मा राई र गायक शिवसंगम राईको आवाज रहेको नयाँ गीत ‘विश्वासको घर’ सार्वजनिक भएको छ । ईश्वर चाम्लिङको शब्द तथा शिवसंगमको संगीत र सुन्दर लामाको संगीत संयोजन गीतमा रहेको छ । सार्वजनिक गीतको भिडियोमा प्रेमिल जोडीबीचको प्रेमभावलाई चित्रण गरिएको छ । अनिलकुमार मान्धरको छायांकन, अमृत चापागाईंको सम्पादन तथा जसबहादुर याक्खाको निर्देशन रहेको गीतको भिडियोमा प्रियारानी लामा र प्रवीण डिसीको अभिनय छ । गीतको भिडियोलाई ओएसआर डिजिटलले बजारमा ल्याएको हो ।

प्रतिक्रिया