संस्थापनइतरबाट ‘साझा’ बन्न नसके सभापतिकाे दाैडबाट रामचन्द्र बाहिरिने

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल संस्थापनइतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्न नसकेपछि दाैडबाट बाहिरिने भएका छन् । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पाैडेल १४औँ महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार भएर हारकाे बदला लिने रणनीतिमा उनी थिए ।

तर, संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार खडा गर्ने समझदारीले आकार लिन नसकेपछि पाैडेल सभापतिमा लड्ने सम्भावना झिनाे बन्दै गएकाे हाे । किन कि सभापतिका आकांक्षी शशा‌ंकले काेइरालाले तीन दिन अघि नै ‘रामचन्द्र दाइका लागि सभापतिबाट पछि हट्ने’ बताएका थिए । तर, यसबीचमा पनि संस्थापन इतरबाट साझा उम्मेदवारमा सहमति जुट्न सकेकाे छैन ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले सभापतिमा दाबी गरिरहेका छन् । सिंह अवधारणासहित आजै सभापतिमा उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् । शेखर पनि सामाजिक सञ्जालमा ‘एक पटक, यसै पटक’ भन्दै प्रचार अभियानमा छन् । अब सभापतिमा इतरबाट प्रकाशमान र शेखर सभापति प्रतिस्पर्धामा आउने देखिन्छ ।

प्रतिक्रिया