प्रधानमन्त्री देउवा पुग्ने बितिक्कै कांग्रेसको केन्द्रिय बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउने बितिक्कै नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक केही बेर अगाडि सुरु भएको छ ।

बिहान साढे ११ बजेको लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापतिसमेत रहेका देउवा समयमा सानेपा नपुग्दा झन्डै २ घन्टा ढिलो गरी बैठक सुरु भएको हो ।

शुक्रबारदेखि काठमाडौंमा सुरु हुने १४औँ महाधिवेशनका बारेमा जानकारी लिन तथा त्यसलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित केन्द्रिय समितिको बैठक बोलाइएको हो ।

प्रतिक्रिया