प्रकाशमान सभापतिको उम्मेदवारीबाट पछि नहट्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवारीबाट आफू पछि नहट्ने बताएका छन् । काठमाडौंको नयाँबानेश्वरस्थित छक्कुबक्कु पार्कमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै उनले भोलि सुरु हुने १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका हुन् ।

संस्थापनइतरबाट आफू नै साझा उम्मेदवार हुने उनको दाबी छ । ‘सभापतिमा उठ्नका लागि म जेन्युइन तरिकाले लागेको छु,’ उनले भने, कुनै हालतमा पछि हट्दिनँ ।’

मंगलबारदेखि निरन्तर छलफल जारी रहे पनि इतरसमूहका शीर्ष नेताहरुबीच सहमति हुन नसक्दा साझा उम्मेदवार तय हुन सकेको छैन । सो समूहबाट नेता सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला तथा शशांक कोइरालाले सभापतिमा दाबी गरेका छन् ।

प्रतिक्रिया