हेटौँडामा केएफसीको तेह्रौ शाखा

काठमाडौ । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा तेह्रौ शाखा बिस्तार गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नं २, चौकीटोल स्थित भाटभटेनी भाट–भटेनी डिपार्टमेन्टल स्टोरको प्रागरमा उक्त शाखा खोलिएको हो । यस आउटलेटमा के.एफ.सि.का बिभिन्न चिकेन परिका लगायत बर्गर र अन्य परिकार पाइने छ । के.एफ.सी.ले आफ्ना गा्रहकका लागी विभिन्न स्वादिष्ट परिकार उपलब्ध गराउँदै कोभिड १९ को रोकथामकालागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसका लागी ४ प्रकारका सुरक्षा मापदण्ड मध्ये स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता बिषयलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डल जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ । के.एफ.सी.का कर्मचारीले हरेक गा्रहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने पनि उल्लेख छ ।

प्रतिक्रिया