खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

वाग्मती । कोरोना विरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा. प्रशान्त विडारीका अनुसार चार दिनअघि ति महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना संक्रमण हुुनु अगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया