इन्भेष्टमेन्ट बैकको साधारण सभा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले ३५औं वार्षिक साधारण सभा सम्पनन गरेको छ । महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअल रूपमा सम्पन्न गरेको हो । सभामा आर्थिक वर्ष २०७७।७८ मा बैंकका प्रमुख उपलब्धि, भविष्यका योजना, कार्यसम्पादन लक्ष्य र रणनीतिका बारेमा छलफल भएको थियो । सभाको अध्यक्षता गरिरहेका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिए । जसमध्ये १२.६१ प्रतिशत लाभांश र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ ।

यो वर्ष बैंकले ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७।७८ मा बैंकको खुद नाफा ३.५५ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७।७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १ सय ६८ अर्बबाट वृद्धि भई १ सय ७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको १ सय ४० अर्बबाट वृद्धि भई १ सय ६२ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकले ८८ शाखा, १ सय ३१ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५८ शाखारहित बैंकिङ काउन्टरमार्फत् आफ्ना ग्राहकलाई सेवा पु¥याउँदै आएको छ । पाँचपटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन–युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल)ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिक्रिया