चलचित्र ‘ओभरडोज’ आजबाट हलमा

काठमाडौं । नेपाली चलचित्र ‘ओभरडोज’ आजबाट प्रदर्शनमा आएको छ । सुमन पौडेलको कथा एवं निर्देशन रहेको चलचित्रमा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ । अभिनेता प्रनिशराज पन्तले चलचित्रमा फ्रेण्डसिप र धोकाको कथा पनि देखाइएको बताएका छन् । अभिनेता पन्तले चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन् ।

चलचित्रमा प्रनिशराजसँगै सविनजंग थापा, बिना श्रेष्ठ, सदीक्षा कार्की लगायतको अभिनय छ । दादा प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको चलचित्रको निर्माता जीवनकुमार केसी हुन् । गुच्ची भाइको छायांकन रहेको चलचित्रलाई साजन कार्कीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया