ज्योति गुरुङको ‘खै कसरी’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ । जेजी क्रियशन युट्युब च्यानलमार्फत निर्माण गरिएको गीत बिहीबार सार्वजनिक गरिएको हो ।

प्रवासमा रहेर नेपाली गीत, सङ्गीतलाई माया गर्ने गीतकार ज्योति गुरुङले कोरेको शब्दमा सङ्गीतकार गङ्गाराज राईले लय भरेका छन् ।

गीतको भिडियोमा मोडल नम्रता सापकोटा, विकास लामिछाने र भोजराज शर्मालाई फिचरिङ गरिएको छ । निर्देशक सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा जया शर्माले रचनात्मकता थपेका छन् ।

राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्शन गरेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने राजकुमार श्रेष्ठले सम्पादन गरेका छन् । गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रालगायतका गीत बजारमा आइसकेका छन् ।

प्रतिक्रिया