स्वीमिङ च्याम्पियनदेखि बुलडोजर उपनामसम्म !

अस्पलां । म्याग्डालेना एन्डरसनले ५ दिनअघि गरेको घोषणा वास्तविकतामा परिणत भएको छ । स्वीडेनको पहिलो महिला प्रधानमन्त्री बनेको केही घण्टामै उनले राजीनामा दिनुपरेको थियो । त्यसपछि उनले आफू फेरि देशको प्रधानमन्त्री बन्ने बताएकी थिइन् । नभन्दै उनी हिजोमात्र पुनः दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित हुँदै काममा फर्किएकी छिन् । ‘म यस्तो सरकारको नेतृत्व गर्न चाहान्न जसको संवैधानिक वैधतामा प्रश्न छ’ उनले यसअघि राजीनामा दिँदै गर्दा भनेकी थिइन् । हुन पनि एन्डरसनको छवि स्पष्टवादी नेताको रुपमा छ ।

उनी आफूलाई ‘असल र मिहेनती महिला’ भन्ने गर्छिन्, तर राजनीतिक सर्कलमा स्पष्टवक्ता नेताको रूपमा चिनिन्छिन् । एक टिभी रिपोर्टमा उनलाई ‘बुलडोजर’को उपनामसम्म दिइएको थियो, जसका कारण उनकोे निकै चर्चा भएको थियो । जुनियर स्विमिङ च्याम्पियन समेत रहेकी एन्डरसन स्वीडेनको अप्सला सहरकी हुन् । १६ वर्षको उमेरमा उनी सोसल डेमोक्र्याट पार्टीमा प्रवेश गरेकी थिइन् । उनले सन् १९९६ मा तत्कालीन प्रधानमन्त्री गोरान पर्सोको सल्लाहकारको रुपमा आफ्नो राजनीतिक करियर सुरु गरेकी थिइन् ।

त्यसपछि उनी सात वर्षसम्म देशको अर्थमन्त्री भइन् । सन् २०२० मा उनी अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्ड अफ गभर्नर्सको प्राथमिक नीति सल्लाहकार समितिको तीन वर्षको कार्यकालका लागि निर्वाचित भएकी थिइन् । यो पदमा पुग्ने उनी पहिलो महिला हुन् । यसै वर्षको अगस्टमा नै प्रधानमन्त्री स्टेफान लोफभानले सोसल डेमोक्रेटिक पार्टी कंग्रेसको प्रमुख पदबाट राजीनामा दिएका थिए । त्यसयता उनी कार्यवाहक प्रधानमन्त्रीको रुपमा काम गरिरहेकी छिन् । एनका बुवा तथ्यांकका प्राध्यापक हुन् र आमा पनि शिक्षिका हुन् । म्याग्डालेना एन्डरसनको जन्म सन् १९६७ जनावरी २३ मा भएको थियो । उनका बुबा उप्सला विश्वविद्यालयमा तथ्याङ्कका प्राध्यापक हुन् र उनकी आमा शिक्षिका हुन् । म्याग्डालेनाले सामाजिक विज्ञान बाट स्नातक गरेकी हुन् र उनले स्टकहोम स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।

प्रतिक्रिया