ज्योति विकास बैंकद्धारा सहयोग

काठमाडौ । ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँ स्थित यान्जेर गुम्बा विद्यालयको विद्यार्थीको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ ‘प्रोजेक्ट ज्योति’ मार्फत दुई लाख रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङलाई सो रकम प्रदान गरेका हुन ।

एच डी आइ ले सो रकम बाट यान्जेर गुम्बा विद्यालयका ५० विद्यार्थीलाई सोलार तथा विधुतिय माध्यम द्वारा चार्ज हुने बत्तीहरू प्रदान गरेको छ । सो बत्तीले विद्युतिय सेवाबाट वन्चित न्यासिल गाउँका यान्जेर गुम्बा विद्यालयमा अध्यनरत विद्यार्थीलाई घरमा पनि अध्ययन गर्न थप सहजता प्रदान गर्ने जनाएको छ ।

‘प्रोजेक्ट ज्योति’ नाम दिइएको परियोजनामा एच डी आई र राष्ट्रिय आविष्कार केन्द्रको संगको सहकार्यमा यान्जेर गुम्बा विद्यालयमा सोलार प्यानल र उच्च क्षमताको पावर वाल निर्माण गरि जडान गरिने छ । सो पावर वालले विद्यार्थीलाई दिनभर बत्ती चार्ज गर्ने सुविधा प्रदान गर्ने पनि बैकले जनाएको छ ।

प्रतिक्रिया