अर्थबजार

सिभिल बैकको ऋणपत्र

सौर्य अनलाइन २०७८ मंसिर १६ गते २०:२४ मा प्रकाशित

काठमाडौं । सिभिल बैंकले मंसिर २४ देखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ६० हजार इकाई म्युचुअल फन्डहरुलाई छुट्याइएको छ।

बैंकले ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी १८ लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत् बिक्री गर्ने बैंकले जनाएको छ। ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर रहेको छ । सिभिलले १० वर्ष अवधिको ‘सिभिल बैंक डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम सबै इकाईका लागि आवेदन दिन सकिनेछ । मंसिर २८ सम्म आवेदन दिन सकिने पनि उल्लेख छ ।

उक्त अवधिमा सबै इकाई बिक्री नभएमा पुस ९ सम्म खुला रहनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन । बैंकले ऋणपत्र निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय