कर्णाली प्रदेश सभापतिमा प्रतिनिधिहरुकाे राेजाई : भुपेन्द्रजंग शाही

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशकाे अधिवेशन आज उद्घाटन हुदैछ । कांग्रेसकाे प्रदेश अधिवेशनबाट आगामी नेत्तृत्वको लागि चर्चा परिचर्चा चुलीन थालेको छ । प्रदेश सभापति पदका लागि नेपाली काँग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाहीले आन्तरिक तयारी तिब्र पारेका छन् । नेपाली काँग्रेसकाे युवा पुस्ताबाट प्रदेश सभापतिका लागि उनकाे चर्चा व्यापक छ । पछिल्लो समय युवा बिच निकै लोकप्रिय बनेका शाही चर्का भाषण गर्ने नेता भन्दा पनि केहि न केहि काम गरेर देखाउने नेताको रुपमा परिचित छन् ।

नेबिसंघको तिन पटक केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री, २०७० सालमा सम्बिधान सभा सदस्यको उम्मेदवार, २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भइसकेका शाही युवा माझ निकै लोकप्रीय छन् । राजनीतिसँगै साहित्य र सामाजिक सेवामा सक्रिय रहेका शाही कर्णालीमा जन्मिएर कठिन संघर्षबाट केन्द्रीय राजनीतिमा स्थापित नेता हुन् । पछिल्लो समय हृदयघात भएर अप्रेसन गरेका शाही आफ्नो स्वास्थ्यको ख्याल नगरि दिनदुखिको सेवामा तल्लिन भएर निषेधाज्ञाले अप्ठ्यारोमा परेका १० हजार नागरिकलाई निशुल्क खना बितरण अभियान सन्चालन गरेर निकै नै प्रसंसनीय काम गरेका थिए । सामाजिक सेवामा युवा नेताहरुमा अग्रपङ्तिमा देखिएका शाही सिन्धुपाल्चोकमा बाढिपहिरो पिडितलाई सहयोग गर्न पुग्ने यक्लो नेता हुन् । शाहीले गरेको सामाजिक कामले अहिले सामाजिक सन्जालदेखि युवा माझमा उनको छुट्टै छबि बनेको छ । काँग्रेसमा भुपेन्द्र जस्तो सहयोगी मन भएको उर्जाशील, कर्मशिल, क्रीयाशील र गतिशील नेताको आवश्यकता छ भनेर धेरै तरुण युवा, विद्यार्थी, अग्रज नेताहरुले टिप्पणी गरेका छन् ।

‘नेपाली कांग्रेसको अगामि महाधिवेशनबाट पाटीमा आमुल रुपान्तरणको खाचो रहेको उनकाे भनाई छ । काँग्रेस नेता शाहीले भने, ‘पार्टी अब पुरानो तरिका, गतिहिन, परम्पराबादी, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन । अब पार्टि भित्रको गुटबन्दि, नाताबाद, भागबन्डा , ब्यक्तिगत स्वार्थ, पदिय स्वार्थ र चाकडी बादको राजनिति अन्त्य हुन पर्छ ।’ युवा नेता शाहीले अहिलेको युग सुचना प्रबिधिको युग भएकोले पार्टिका नेताहरुले आम कार्यकर्ताको भाबना, जनताको चाहना, युगको माग र समयको चेतलाइ गम्भिर ढङगले बुझ्न सक्ने हुनु पर्ने बताए ।

युवा नेता शाहीले भने, ‘नेपाली कांग्रेसलाई मजबुत र सशक्त पार्टी बनाउन अब कांग्रेसमा संगठन सुद्दिकरण र सुदृढीकरणको अभियान चलाउनु पर्छ। पार्टिमा अब ब्यक्ति होइन बिचार, पद होइन पद्दति, सत्ता होइन समाज, नेता होइन नीतिको मुल मर्म र आदर्शमा आधारित मुल्य मान्यताको राजनीति स्थापित हुन अति आवश्यक भइसकेको छ । नेपाली कांग्रेसलाई अब समयको गतिसँग दौडिने जनताको मनमा बसिरहने गतिशील, कर्मशील र उर्जाशील पार्टी बनाउन सबै कांग्रेसीहरु एकताबद्ध भएर लाग्नु पर्छ।’

कम्युनिस्टकाे अत्याचार र भ्रष्टाचारबाट जनता वाक्क भइसकेको बताउदै नेता शाहीले नेपालमा कम्युनिष्ट पुर्ण रुपमा असफल भइसकेको बताए । उनले भने, ‘जनताले कम्युनिष्टकाे बिकल्प खोजिसकेका छन् । यस्तो बेला नेपाली कांग्रेस पनि पुरानै पाराबाट चलेर हुदैन । बिगतका कमि कमजोरीहरुलाई सुधारेर अब नयाँ सोच, विचार, नयाँ उर्जा, कार्यक्रम र नयाँ भिजनका साथ अगाडि बढेर जनताको आशा, बिस्वास र भरोसाको पार्टी बनाउनु पर्छ।’
नेपाली कांग्रेसका आशा लाग्दा युवा नेताहरु मध्यमा पर्ने युवा नेता भुपेन्द्रजंग शाहीले आफु बिगत लामो समय भातृसस्थाको केन्द्रीय मुख्य जिम्मेवारिमा बसेर धेरै समय काम गरिसकेकोले अब आफ्नो ध्यान पार्टिको मुल राजनीति र कर्णालीमा नै केन्द्रीत रहेको बताए । नेपाली कांग्रेसको तर्फबाट आफु दूइ दूइ पटक सांसदको उम्मेदवार भईसकेको नाताले पनि नेपाली कांग्रेसको सङगठनलाई गाँउस्तरसम्म पुगेर वडा–वडा, टोल–टोलसम्म निर्माण र बिस्तार गर्नु आफ्नो कर्तव्य र जिम्मेवारि रहेको शाहीले बताए। उनले भने, ‘म ६ कक्षा पढ्दै गर्दा राजनितिमा होमियको हुँ मलाई कुनै नीजि फाइदा र स्वार्थ छैन । जनताको सेवा, गाउको बिकास र समाजको परिबर्तन नै मेरो मुख्य उद्देश्य हो ।

म कुनै पदको लागि भन्दा पनि आगामी निर्बाचनमा नेपाली कांग्रेसलाई कर्णालीमा पहिलो पार्टि बनाउन कम्मर कसेर लाग्ने प्रण गर्दछु ।’ कर्णालीमा आगामी निर्बाचन पछि काँग्रेसकाे कर्णालीमा एकल बहुमतकाे सरकार बन्छ । युवा नेता शाहीले भने, ‘अहिले आफु हिर्दयघात पछि फेरि समान्य जिबनमा फर्कियर संगठनको काम र केहि सामाजिक काममा लागिपरेको छु। कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरु व्यापक सद्भाव र समर्थन जुटिरहेकाे छ ।

प्रतिक्रिया