मोरङ कांग्रेसको सभापतिमा शेखरनिकट लिम्बू निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । उनी नेता शेखर कोइरालानिकट हुन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा दीलिप गच्छदारलाई पराजित गर्दै लिम्बू विजयी भएका हुन् ।

दीलिप सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार र नेता कृष्णप्रसाद सिटौलाको संयुक्त समर्थनमा उमेद्वार हुन् । पहिलो चरणमा तेस्रो भएका उम्मेदवार यदु विष्टले दीलिपलाई समर्थन गरेको भए पनि लिम्बू नै हाबी हुन पुगे । लिम्बूले १ हजार ९०६ मत ल्याउँदा दीलिपले १ हजार ४२२ मत मात्र ल्याए ।

प्रतिक्रिया