एमाले अध्यक्ष पदमा ओलीले लिए सपथ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । ओलीले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सौराहामा आयोजित बन्दसत्रमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

आफूले अध्यक्ष पदको सपथग्रहण लिए लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथग्रहण गराएका छन् । सौराहमा भएको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।

प्रतिक्रिया