१० सचिवको सरुवा, को कहाँ ? (सुचीसहित)

काठमाडौं । सरकारले १० सचिवको एकैपटक सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गरेको छ । केही सचिव तीन महिनामै सरुवामा परेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेयता सचिवहरुको सरुवा चलिरहेको छ । एकनारायण अर्याल श्रम, सुरेश अधिकारी सामान्य प्रशासन, यादव प्रसाद कोइराला शिक्षा, महेश्वर न्यौपाने पर्यटनमा लगिएका छन् ।

सरुवा भएका सचिवहरु
एकनारायण अर्याल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सुरेश अधिकारी सामान्य प्रशासन
यादव प्रसाद कोइराला, शिक्षा मन्त्रालय
महेश्वर न्यौपाने पर्यटन
रमेश सिंह अतिरिक्त जगेडा
मणिराम गेलाल सहरी विकास मन्त्रालय
सुर्यप्रसाद गौतम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
रामप्रसाद थपलिया प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
गोकर्णमणि दुवाडी निर्वाचन आयोग
भरतमणि सुवेदी वित्त आयोग

प्रतिक्रिया