नबिल बैंकको सोसल आन्टरप्रेनरसिप कार्यक्रम

काठमाडौँ । नबिल बैंकले ‘नबिल स्कुल अफ सोसल आन्टरप्रेनरसिप’ कार्यक्रम सुरु गरेको छ । बैंकले सामाजिक उद्यमशीलता विकासका लागि उक्त कार्यक्रम सुरु गरेको हो । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरेको बैंकले जनाएको हो ।

स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नबिल एसएसइले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोशिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको जनाएको छ ।

सुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका आफुसंग मिल्ने स्कुल, कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेको छ । कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर श्रृजना गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया