राप्रपा अध्यक्षमा कमल थापाको दाबी

काठमाडाैं । राष्ट्रिय प्रजातन्त पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा आसन्न महाधिवेशनमा पनि अध्यक्ष पदका लागि उम्मेदवार बन्ने भएका छन् । राप्रपाको महाधिवेशन १५ देखि १७ मंसीरमा काठमाडौंमा हुने तय भएको छ । यो महाधिवेशनमा थापाले अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । थापाले १३ मंसीरमा उम्मेदवारी घोषणा गर्न लागेका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी उनले उम्मेदवारी घोषणा गर्ने प्रचार प्रसार समितिले जनाएको छ ।

एकीकरणपछि उनीसँगै पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनी राप्रपाको अध्यक्ष छन् । एकल नेतृत्व गर्न थापाले आसन्न महाधिवेशनमा उम्मेदवारी दिने जनाएका छन् ।  यसअघि नै राप्रपा नेता एवं सांसद राजेन्द्र लिङदेनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनको समूहबाट नेपालगञ्ज उपमहागनरपालिका मेयर धवलशम्शेर राणा महामन्त्रीका उम्मेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया