दिनभरि बैठक नगरेर राति बैठक बस्नु धाँधलीको संकेत : भीम रावल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सौराहामा जारी पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा धाँधलीको संकेत देखिएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा केहीबेरअघि ‘दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र पार्ने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक मात्र होइन धाँधलीको संकेत पनि हो’ उल्लेख गरेका छन् ।

एमाले अध्यक्ष ओलीले पदाधिकारी तथा केन्द्रीय समिति सर्वसम्मत गर्न बोलाएको छलफलमा उपस्थित नभएका रावलले प्रतिनिधिहरूसँग मत मागेका थिए । यसैबीच उनले ट्विट गर्दै नेतृत्व चयनमा धाँधलीको संकेत देखिएको उल्लेख गरेका हुन् । उनले ट्विटमा अगाडि लेखेका छन् ‘यसले जनताको बहुदलीय जनवादअन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ ।

प्रतिक्रिया