कोरोना संक्रमण भएका भीम आचार्यलाई अस्पताल लगियो

फाइल तस्विर

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएका नेकपा एमालेका सचिव भीम आचार्यलाई अस्पताल लगिएको छ । चितवनमा जारी १०औं महाधिवेशनमा आएका आचार्यलाई शुक्रबार मात्रै कोरोना पोजेटिभ देखिएको थियो । महाधिवेशन उद्घाटनको दिन (शुक्रबार) स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि सौराहास्थि एक होटेलमा आइसोलेसनमा रहेका आचार्यलाई आइतबार दिउँसो एम्बुलेन्समा राखेर अस्पताल लगिएको हो । आचार्यलाई भरतपुर अस्पताल लगिएको जनाइएको छ ।

प्रतिक्रिया