महाअधिवेसन प्रतिनिधिलाई घनश्याम भुसालले गरे यस्तो अपील

चितवन । एमाले नेता घनश्याम भुसालले पार्टीका सिद्धान्तहरू गुट वा समूहका नहुने बताएका छन् । आइतवार महाधिवेशन प्रतिनिधिका लागि अपिल सार्वजनिक गर्दै उनले ज्ञानविज्ञानका उपलब्धि कुनै राष्ट्र वा जातिका सम्पत्ति नभएजस्तै पार्टीका सिद्धान्त पनि गुटको नहुने बताएका हुन् ।

उनले दलाल पुँजीवादविरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रम बनाउन महाधिवेशनले संकल्प गर्नुपर्ने पनि अपिल गरेका छन् ।

यस्तै एमालेको पुनरोदयका लागि असंगतीहरू हटाउनैपर्ने र त्यसका आधारमा कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नुपर्ने उनको भनाइ छ । भुसालले शनिवार उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

 

 

प्रतिक्रिया