विश्व

प्रेमिकासहित उनका आमाबाबुको हत्या

सौर्य अनलाइन २०७८ मंसिर १० गते ८:२० मा प्रकाशित

गढवाल । भारतको उत्तराखण्ड राज्यमा तीन जनाको हत्या गरेको आरोप लागेका एक युवक फरार भएका छन् । फरार भएका युवकमाथि प्रेमिका र उनका आमाबाबुको हत्या गरेको आरोप लागेको हो । उनले प्रेमिकाको अन्त नै विवाह तय भएको भन्दै प्रेमिकासहित उनका आमाबाबुको पनि हत्या गरेका हुन् । उनले धारिलो हतियारको प्रयोग गरेर उनीहरुको हत्या गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनाका क्रममा प्रेमिकाकी बहिनी घाइते भएकी छन् ।

फरार युवकको खोजी गर्नेलाई प्रहरीले ५० हजार भारतीय रुपियाँ इनाम घोषणा गरेको छ । मृतककी भाउजूका अनुसार उनको विवाह अन्त कतै तय भएकोले उक्त हत्याकाण्ड घटेको हो । देवीपाटन मण्डल गोन्डाका डिआईजी उपेन्द्र अग्रवालका अनुसार प्रेम सम्बन्धका कारण हत्याकाण्ड भएको हो । घटना नगर कोतवाली क्षेत्रको इमलिया गुरुदयालको हो । प्रहरीले उक्त घटनाका आरोपीको फोटो शेयर गर्दै पत्ता लगाउनेलाई ५० हजार जरिवाना तोकेको छ । दुवै एउटै समुदायका प्रेमिप्रेमिका थिए । प्रेमीले आफ्नो साथीको मद्दतले उक्त हत्याकाण्ड गरेका हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय