एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा

चितवन । एमाले पोलिटव्यूरो सदस्य एवं प्रदेश–१ का पूर्व मुख्यमन्त्री शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नयाँ नेतृत्व चयनका लागि नेकपा (एमाले)को १०औं महाधिवेशन भोलि शुक्रबारदेखि चितवनमा शुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन बिहीबार (आज) भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया दिएका हुन् ।

उनी एमालेको ९औं राष्ट्रिय महाधिवेशनबाट पोलिटव्यूरो सदस्यमा निर्वाचित भएका थिए । यसपटक राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको राईको भनाइ छ ।

प्रतिक्रिया