अध्यक्ष कप टि ट्वान्टी क्रिर्केट टुर्नामेन्टमा कालिकामाई ३७ रनले बिजयी

पर्सा । जिल्लाको धोबिनीमा गाउँपालिकामा संचालिन भएको अध्यक्ष कप टि ट्वान्टी क्रिर्केट टुर्नामेन्ट अन्तर्गत कालिकामाई तथा छिपहरमाई बिच मंगलबार भएको खेलमा कालिकामाई ३७ रनले बिजयी भएको छ । कालिकामाईले २० ओभरको समाप्तीमा १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफि ब्याटिङ गरेको छिपहरमाईले २० ओभरमा केवल १४५ रनमा सिमित भएको हो ।

खेलको बिजेता तथा उप बिजेतालाई एक कार्यक्रमको बिच चेक तथा सिल्ड प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि धोबिनी गाउँपालिकाको प्रशासकिय अधिकृत राजु शाहले बिजेता कालिकामाईलाई रु ३० हजार र सिल्ड तथा उप–बिजेता छिपहरमाईलाई रु २० हजार र सिल्ड प्रदान गरे ।

प्रतिक्रिया