बालगोपालेश्वरमा भाइटीका लगाउनेको भिड

काठमाडाैं । तिहार अर्थात यमपञ्चकको आज पाँचौ दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा आज भाइटिका लगाइएको छ । तिहारको भाइटिकामा मात्रै खुल्ने यो मन्दिरमा आफ्ना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले भाइटीकाका दिन यस मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । आज यस मन्दिरमा भाईटीका लगाउनेको भीड देखिन्छ । विसं २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । बालगोपालेश्वर मन्दिर भूकम्पपछि गत वर्षदेखि मात्र सर्वसाधारणका लागि पुनः खुला गरिएको हो ।

प्रतिक्रिया