सर्वोच्च अदालतमा आजका लागि ९ मुद्दाको पेसी तोकियो

काठमाडौं । सर्वोच्च अदालतमा आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका हुन् ।

पेशी तोकिएका सबै मुद्दामा दुई मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन् । प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो इजलास भने तोकेका छैनन् ।

प्रधानन्यायाधीश जबरासँग इजलास शेयर गर्न नसकिने भनेर न्यायाधीशहरूले अडान कायम राखेका कारण जबराले आफू बाहेकको इजलास तोकेका छन्।

प्रतिक्रिया