अयोध्यापुरी पुगेर ओलीले गरे राम-सीताको मन्दिरमा पूजा

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको अयोध्यापुरी पुगेर राम-सीता मन्दिरमा पूजा अर्चना गरेका छन् । १० औं महाधिवेशनस्थलको निरीक्षण गर्न पुगेका ओलीले अयोध्यापुरीमा बनेको राम-सीताको मन्दिर पुगेर पूजा गरेका हुन् । अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्न उनी चितवन पुगेका हुन् ।

ओलीले प्रधानमन्त्री हुँदा माडीको अयोध्यापुरी भगवान रामको जन्मभूमि भएको दाबी गर्दै यस स्थानमा अयोध्याधाम निर्माण गर्ने घोषणा गरेका थिए । आफ्नै अग्रसरतामा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति तयार पारेर पठाए पनि ओली यहाँ आइपुगेका थिएनन् । गत वैशाख ८ गते यहाँ निर्माण भएको मन्दिरमा ती मूर्ति स्थापना गरिएको थियो ।

 

प्रतिक्रिया