प्रधानन्यायाधीशसँग कुरा नमिलेपछि आज पनि कुनै इजलास बस्न सकेन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कुरा नमिलेपछि आज पनि इजलास बस्न सकेन । प्रधानन्यायाधीश राणाले ‘संकट टार्न’ गरेको प्रस्ताव न्यायाधीशहरुले अस्वीकार गरेका थिए । तीन न्यायाधीशले सोमबार बेलुका प्रधानन्यायाधीशसँग छलफल गरेका थिए ।

उनीहरुले राणाको प्रस्ताव आज अन्य न्यायाधीशहरुसँग राखेको स्रोतले जानकारी दियो । तर अहिलेसम्म न्यायाधीशका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । उनीहरु आज इजलासमा प्रवेश भने गरेका छैनन् ।

प्रतिक्रिया