प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री नियुक्त

काठमाडौं । प्रदेश १ मा राजेन्द्रकुमार राईमुख्यमन्त्री नियुक्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रदेशसभा संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघिका मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि आज प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री राईको शपथ दिउँसो ३ बजे हुने भएको छ ।

प्रतिक्रिया