राष्ट्रिय सभा निर्वाचन माघमा गर्न आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले फागनुमा रिक्त हुन लागेको राष्ट्रिय सभाका २० सदस्यको निर्वाचन माघ ७ अथवा १० गते गर्न प्रस्ताव गरेको छ । आयोगले सरकारसँग सो मितिमा निर्वाचन गर्न प्रस्ताव राखेको हो । सांसद चार वर्षे अवधि पूरा गरेर फागुन २१ गतेबाट २० सदस्य बिदा हुँदैछन् । राष्ट्रिय सभा सदस्यको समयावधि सकिने एक महिना अघि नै निर्वाचन भइसक्नुपर्ने हुन्छ ।

आयोगले माघ ७ वा १० गते निर्वाचन गर्न सकिने सरकारलाई जानकारी गराएको हो । सरकारले मिति भने तय भइसकेको छैन । प्रधानमन्त्री भ्रमणबाट फर्किएपछि मिति तय हुने स्रोतले बतायो । तर, सत्तारुढ नेपाली कांग्रेसको दल दर्ताको आह्वान हुनु अगावै महाधिवेशन सम्पन्न नभए सहभागी हुन नपाउने भएकाले मिति तय गर्न ढिलाई भएको बताइएको छ ।

प्रतिक्रिया