पाँचथर । नेकपा एमाले पाँचथरले आसन्न हुन गईरहेको ६० वडा मध्ये ५९ वडाहरुमा वडा कमिटी अधिवेशनका लागि निर्देशन दिएको छ ।
यहि कार्तिक १५ गते हुन गइरहेको वडाहरुमा अधिवेशनलाई थप प्रभावकारी बनाउन जिल्ला कमिटीमा सपथ गराइएको हो । जिल्ला अध्यक्ष राकुमार भण्डारीले सबै वडा कमिटीको अधिवेशन गर्न प्रत्येक वडामा दुइ–दूइ जनाको दरले प्रतिनिध रहने गरी प्रतिनिधि तोकिएको र खटाइएको बताए ।
बैठकमा केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य, पार्टी सह इन्र्चाज अईन्द्र शुन्दर नेम्वाङ, संविधानसभा सदस्य तथा प्रदेश कमिटी सदस्य श्रीप्रसाद जवेगु, प्रदेश कमिटी सदस्यहरु लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको छ ।
प्रतिक्रिया