कात्तिक २५ देखि डान्स रियालिटी

काठमाडौं । नेपालमा कि एड्भर्टाइजिङले नृत्य प्रतियोगिता ‘डान्स रियालिटी सो’ गर्ने भएको छ । कि एड्भर्टाइजिङ प्रालिले इन्टरनेसनल डान्स एकेडेमीसँगको सहकार्यमा उक्त सो गर्न लागेको हो । नेपालीको नृत्य प्रतिभालाई नेपाली दर्शकसामु लैजाने र नेपाली नृत्यको प्रचार प्रसार गर्न डान्स रियालिटी सो गर्न लागेको कि एड्भर्टाइजिङले बताएको छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको निर्णायकमध्येकी अभिनेत्री निरुता सिंहले नेपालीपनको नृत्य रियालिटी सोमा हेर्न पाइने जिकिर गरिन् । सिंहले नेपाली टेलिभिजनमा फ्रेन्चाइज सोहरुको दबदबा रहेको बेलामा आफैँ मौलिकता बोकेको नृत्य प्रतियोगिता हुन सक्नु गौरवको विषय भएको सुनाइन् । सो कार्यक्रम आगामी २५ कार्तिकदेखि हप्ताको बिहीवार र शुक्रवार प्रसारण हुनेछ । प्रतियोगिताको निर्णायकमा सिंहसँगै, कोरियोग्राफर जगत रावल, डान्सर आस्मा विश्वकर्मा रहनेछन् । प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगितासम्बन्धी कार्यक्रम कान्तिपुर टेलिभिजनमा हेर्न पाइनेछ भने यो ३४ भागको हुने जनाइएको छ ।

प्रतिक्रिया