पाँचथर । फिदिम नगरपालिका– १ का स्थानीय वासिलाई स्वच्छ खाने पानीको पानीको अभाव टारेको छ । उक्त स्थानका टोल–टोलमा निसुल्क स्वच्छ खाने पानी बिहान र बेलुका वितरण गरी अभावलाई पूर्णता दिएको हो ।
कार्तिक ३ गतेको अविरल वर्षाले फिदिम खाने पानी उपभोक्ताको मुहान बाढीले भत्काएपछि सो स्थानमा खाने पानीको अभाव थियो । पानीको अभावलाई स्वच्छ खाने पानीको सेवा दिएको खाने पानी उपलब्ध गराएको अध्यक्ष यामनाथ काफ्लेले जानकारी दिए ।
स्वच्छ खाने पानी ५८ सालमा स्थापना गरिएको र हालसम्म पानी आपुर्ति भइरहेको काफ्लेले बताए । उक्त खाने पानी टयांकी मर्मत र पुनः निर्माणमा थप रकमको अभाव रहेकाले स्थानीय सरकार, प्रदेश सरकारले चासो दिनुपर्ने काफ्लेको भनाइ छ ।
स्वच्छ खाने पानीको अक्षयकोष मा ८ लाख मौजात रहे पनि पुनः निर्माणमा थप रकम काफ्लेले माग गरे । फिदिम बजार क्षेत्रमा ३२ वटा स्वच्छ खाने पानीको धारा सञ्चालनमा रहेका छन् । स्वच्छ पानी सञ्चालीत धारा समितिले बिग्िरएका धारा मर्मतका लागि केहि रकम जुटाएर पानीको अभाव टारिरहेको छ ।
केही बृहत खाने पानी बजार तथा फिदिम वासिलाई मंगलबार साँझसम्म टयांकीमा झर्ने उपभोक्ता समितिका अध्यक्ष गजाधर भट्टराइले बताए । मुहान मर्मत र निर्माणमा नेपाली सेना, स्थानीय जनशक्ति, कार्यालयका कर्मचारीहरु लागेका थिए ।
प्रतिक्रिया