प्युठान । नेकपा एमाले प्युठानको गाउँ/नगरपालिका तह स्तरीय अधिवेशन आज हुँदैछ । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशनको बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्द्घाटन गर्ने कार्यक्रम रहेको छ । पार्टीको राष्ट्रिय महाधिवेशन तयारीमा जुटेको एमालेले वडा अधिवेशन सकेपछि आज मंगलबार देशै भर गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्न लागेको हो ।
प्युठानमा २ ओटा नगरपालिका र ७ ओटा गाउँपालिका गरि ९ ओटै स्थानीय तहमा अधिवेशन हुने एमाले प्रचार बिभाग प्रमुख नेगन सिंह कुवरले बताए । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय पछिल्लो स्थायी समिति बैठकले गरेको थियो । सोही बैठकको निर्णयअनुसार ६ गते देशभर वडा अधिवेशन सम्पन्न भएको थियो ।
प्युठान नगरपालिकाको नगर अधिबेशनको उद्घाटन नेकपा एमाले केन्द्रिय सचिवालय सदस्य तथा पुर्व खानेपानी मन्त्री मणि थापा र नेकपा एमाले केन्द्रिय प्रचार बिभाग उप-प्रमुख तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले गर्ने कार्यक्रम तय भएको नेकपा एमाले प्युठानले जनाएको छ ।अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिव एक/एक जना, उपसचिव दुई जनासहित महानगरपालिका १०१, उपमहानगरपालिकामा ८५ र नगरपालिका र गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन गर्ने छ ।
प्रतिक्रिया