रंग‍-विविध

‘परदेशी आयो’ मा विपिनको मन छुने अभिनय

सौर्य अनलाइन २०७८ कार्तिक ७ गते २१:०७ मा प्रकाशित

काठमाडौं । विपिन कार्की अभिनित म्युजिक भिडियो ‘परदेशी आयो’ सार्वजनिक भएको छ । केतन क्षेत्रीको स्वर रहेको यो गीतमा विपिनको मन छुने अभिनय छ । पैसा कमाउन देश बाहिर रहेका एक युवाको कथा दर्साइएको गीतको भिडियोमा श्रीमती, दुई लालाबाला सन्तान र बाबुआमा छोडेर विदेशिएका ब्यक्तिको कथा बुनिएको छ ।

प्रकाश सापकोटाको शब्द, सुवास भुसालको संगीत रहेको गीतको भिडियो देवेन्द्र नेपालले निर्देशन गरेका हुन् । भिडियोमा विपिनको अलवा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्मा लगायतको अभिनय छ । दिपेश उपाध्याय र दिप्सन डंगोलको छायांकन रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय