पाँच दिनदेखि सुत्केरी ब्यथा लागेकी महिलाको उद्धार

मुगु । पाँच दिन देखि सुत्केरी ब्यथा लागेर उच्च रक्तश्राप भई जिल्ला अस्पातल मुगु भर्ना भएकी महिलाको अस्पातलमा उपचार हुन नसकेपछी थप उपचारकालागी हेलिकप्टरबाट उद्धार गरिएको छ । छाँयानाथ रारा नगरपालिका–१० झाकोट निबासी २१ बर्षिया मोनिसा बुढालाई पाँच दिन अगाढीबाट सुत्केरी ब्यथा लागेर अत्याधिक रक्तश्राप भई जिल्ला अस्पतालमा उपचार गर्न घरपरिवारले भर्ना गरेका थिए ।बुढाको जिल्ला अस्पातलमा उपचार गर्न सम्भव नभएपछी राष्टपति उत्थान कार्यक्रम अन्त्रर्गत नेपाली सेनाको हेलीकप्टर मार्फत थप उपचारकालागी प्रदेश अस्पातल सुर्खेतमा उद्धार गरिएको हो ।

२१ ब्र्षिया बुढाको यो पहिलो सन्तान हो । बच्चा उमेर नपुगको र बुढाको शरिरमा कलान्सिटा फिबिया भई उच्च रक्तश्राप हुदा हेमोग्लोबिन घटेको र चार फोका रगत चढाउदा समेत हेमोग्लोविन नबढेकाले शल्यक्रिया गरेर आमाको ज्यान बचाउन सकिने भएपनी बच्चाको ज्यान बचाउन नसकिने अबस्था आएकाले आमा र बच्चाको ज्यान बचाउनकालागी जिल्ल प्रशासन कार्यालयको समन्वयमा हेलिकप्टर मार्फत थप उपचारकालागी प्रदेश अस्पताल सुर्खेतमा रिर्फर गरिएको बुढाको उपचारमा संलग्न डाक्टर मिना काफलेले जानकारी दिएकी हुन ।

उच्च रक्तश्राप भई उपचारकालागी जिल्ला अस्पातलमा पाँच दिन देखि भर्ना भएकी २१ ब्र्षिया महिलाको ज्यान बचाउन सकिने भएपनी जिल्ला अस्पातलमा आईसियुको ब्यवस्था नहुदा आमा र बच्चाको ज्यान बचाउनकालागी सुबिधा सम्पन्न अस्पतालमा लैजानु पर्ने भएको भनी जिल्ला अस्पातलका डाक्टर मिना काफलेले आफुलाई जानकारी दिएपछी बिहान १० बजे गृह मन्त्रालय जानकारी गराई तत्कालै सुर्खेतबाट हेलीकप्टर झिकाई थप उपचारकालागी सुर्खेत पठाईएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताएका छन ।

प्रतिक्रिया